प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइ सांसदको समर्थन

काठमाण्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको दुई तिहाई विश्वास प्राप्त गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै प्रधानमन्त्रीको विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८४ जना सांसदको समर्थन आवश्यक पर्छ । यस्तै बहुमतका लागि १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।

आजको प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी जसपा, जनमत पार्टी, जनता समाजवादी पार्टी जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यस्तै प्रधानमन्त्रीको विपक्षमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेकपा एकीकृत समाजवादी लगायतका सांसदले मत दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*