त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना, क्याप्टेनको जीवितै उद्धार

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । जहाजमा आगो लागेको छ । विमानस्थलमा धुवाँ उडिरहेको देखिन्छ ।

सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई जीवितै उद्धार गरेर अस्पताल लगिएको छ । आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*