हेटौँडा वडा नम्बर २ लाई शनिबार बालमैत्री घोषणा गरिदै

हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ लाई शनिबार बालमैत्री स्थानीय शासन वडा घोषणा गर्ने भएको छ । नगरप्रमुख मीना कुमारी लामाले वडालाई बालमैत्री वडा घोषणा गर्ने कार्यक्रमतय भएको बिहीवार हेटौँडामा पत्रकार सम्मेलन मार्फत वडाअध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।

यसअघि हेटौँडा उपमहानगरपालिकाको ८ नं वडा बालमैत्री घोषणा भइसकेको छ । बालमैत्री वडा घोषणाका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकका आधारमा बालमैत्री वडा घोषणा गर्न तयारी पूरा भएकोले बालमैत्री वडा घोषणा कार्यक्रम राखिएको हो । पत्रकार सम्मेलनमा वडा सदस्य सुरज बर्तौला, वडा सचिव रामप्रसाद गुरागाई, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*