वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले आर्थिक् वर्ष २०८१÷८२ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*