बागमतीमा पुनः मन्त्रिपरिषद् विस्तार
मकवानपुर । बागमती प्रदेश सरकारले शनिबार पुनः मन्त्रिपरिषद् विस्तार गरेको छ । प्रदेश सरकारको मन्त्रीमण्डल सङ्ख्या बढाइएको छ । प्रदेशको १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट ४ जना मन्त्री थपेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ गराएको छन् ।
विस्तारित मन्त्रिपरिषद्अनुसार हरिप्रभा खड्गीलाई सामाजिक विकास मन्त्रालय , सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विमल ठकुरी संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय तथा मिनकृष्ण महर्जनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उनीहरूको शपथ पछि मन्त्रालयको कार्यभार समेत तोकिएको छ । बुधवार नियुक्त भएका ३ र बिहीबार नियुक्त भएका ४ जना गरी कांग्रेसका ७ मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
बुधवार नियुक्त भएका कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् भने श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाएका छन् । मदुकुमार श्रेष्ठको भने जिम्मेवारी पछि तोकिनेछ ।
नेपाली कांग्रेसमा भएको विवादको कारण मन्त्री नियुक्त भएका एकजना प्रदेशसभा सदस्य शपथ अगाबै मन्त्रिपरिषद्बाट आउट भएका छ्न् । बिहिवार बागमती प्रदेशको आर्थिक मामिला मन्त्री नियुक्त भएर शपथग्रहणको लागि तयार भएका प्रभात तामाङ मन्त्रिपरिषद्बाटै बाहिरिएका छ्न् ।
तामाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिएपछि रुष्ट बनेका कुन्दनराज काफ्लेले मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर असन्तुष्ट जाहेर गरेपछि विहिबार कांग्रेसका नवनियुक्त मन्त्रीहरुको शपथ रोकिएको थियो ।