पेरिस ओलम्पिकः नेपालका प्रिन्स र स्यान्टुको खेल आज

पेरिक ओलम्पिकमा नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले आज खेल्दैछन् । यो खेल पेरिस एक्पो पोर्ट डे भर्सेल्समा आज बेलुका हुनेछ । प्रिन्सले समूह चरणमा भिक्टर एक्सल्सनसँग खेल्ने छन् । १९ वर्षका प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुन् ।

त्यस्तै टेबल टेनिसका स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्नेछन् । स्यान्टु छनोट चरण पार गरेर पेरिस ओलम्पिक खेल्ने एक मात्र नेपाली खेलाडी हुन् । उनी छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी हुन् ।

यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी सहभागी छन् । जसमा स्यान्टु र प्रिन्ससहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान रहेका छन् ।

३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको गएराति भब्य उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु र जुडोकी मनिताले संयुक्त रूपमा बोकेका थिए । पेरिस ओलम्पिक यहि साउन २७ गतेसम्म चल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*