जनसेवक कर्मचारी उपभोक्ता सहकारीले मनायो स्थापना दिवस
हेटौंडा । हेटौंडा—४ मा रहेको जनसेवक कर्मचारी उपभोक्ता सहकारी सस्था लिमिटेडले १५ औ स्थापना दिबस मनाएको छ ।
सहकारीले स्थापना दिबसको अबसरमा शनिबार हेटौंडा-२ चौकिटोलमा रहेको ओम वृद्ध आश्रमको अक्षयकोषमा रहने गरि १० हजार ५ सय पाँच रुपैया नगद सहयोग गरेको छ ।
जनसेवक कर्मचारी उपभोक्ता सहकारी सस्थाका अध्यक्ष बसन्त राज गौतमले वृद्धआश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । संस्था बि.स. २०६६ साउन १२ गते स्थापना भएको थियो ।
सहकारीले बिगतका बर्षहरुमा पनि सामाजिक क्षेत्रमा योगदान पुर्याउदै आएको र हाल सस्थामा ८६५ जना सदस्य रहेको ब्यबस्थापक राजकुमार चौलागाईंले जानकारी दिनुभयो ।