गोरखामा पहिरो जाँदा तीन जना बेपत्ता, दुई जना घाइते

काठमाण्डौ – गोरखाको धार्चे गाउँपालिका–५ मा बिहान पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । दुई जना घाइते भएका छन् । स्थानियबासीले दिएको जानकारी अनुसार दुई जना घाइतेको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । थप विवरण आउन सकेको छैन ।

धार्चे गाउँपालिका विकट क्षेत्र हो । पहिरोमा मानिस पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*