महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता

धनगढी– महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी हुन् ।

शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा ती किशोरी हाम फालेकी थिइन् ।

दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ ।

महाकालीको किनारको पिल्लर समातेर उभिरहेकी किशोरी आफू नजिक उद्धारका लागि सुरक्षाकर्मी पुगेपछि महाकालीमा हाम फलेको भिडियोमा देख्न सकिन्छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*