शीर्ष २५ पुरुष फुटबलरको वरीयतामा मेसी शीर्ष स्थानमा
काठमाडौं । खेलकुदसम्बन्धी अनलाइन इएसपिएनले सार्वजनिक गरेको २१औं शताब्दीका शीर्ष २५ पुरुष फुटबल खेलाडीहरूको वरीयतामा अर्जेन्टिनाका कप्तान लिओनल मेसी शीर्ष स्थानमा परेका छन्।
१० पटकको ला लिगा, सात पटकको कोपा डेल रे, चार पटक च्याम्पियन्स लिग, एक पटकको विश्वकप, दुई पटकको कोपा अमेरिका, दुई पटकको फिफा विश्वकप गोल्डेन बल विजेता, आठ पटकको बालोन डीुओर विजेता मेसीलाई इएसपिएनले शीर्ष स्थानमा राखेको हो। उनी बार्सिलोना (६७२) र अर्जेन्टिना (१०९) का कीर्तिमानी गोलकर्ता पनि हुन्।
मेसीले कतार विश्वकप २०२२ मा जित्नु अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धी रहेको इएसपिएनले जनाएको छ । सन् २०१४ को फाइनलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो। क्लब र देशका लागि खेलमा सबै जितेका मेसीले त्यसको आठ वर्षपछि विश्वकप पनि जितेका हुन्। तर, उनी करियरको अन्त्यनजिक छन्। ३४ वर्षका मेसीले अर्जेन्टिनालाई विश्वकप जिताउँदा फ्रान्सविरुद्ध दुई गोल गरेका थिए।