बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन ।

मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाएका हुन । नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

११० सदस्य रहेको बागमती प्रदेश सभाको सोमबारको बैठक मतदानमा उपस्थित १०३ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री लामाले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६४ मत र विपक्षमा ३५ मत परेको थियो । विश्वासको मतका लागि भएको मतदानमा तीन जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*