मकवानपुरका महेश बर्तौला एमाले केन्द्रीय सदस्य मनोनीत
काठमाडौं । सत्तारूढ नेकपा एमालेले मुख्य सचेकत महेश बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । काठमाडौंको बसेरा होटलमा बिहीबार दिउँसो बेको सचिवालय बैठकले मुख्य सचेतक तथा मकवानपुर १ का सांसद बर्तौलासहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।
उनका अनुसार बर्तौलासहित पार्टी प्रवेश गरेर आएका सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव र रामप्रीत रामलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।
केन्द्रीय सदस्यमा मनोनीत हुने देव र चालिसे नेपाली कांग्रेस छाडेर एमाले प्रवेश गरेका नेता हुन् । चालिसे बागलुङबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनअघि एमालेमा प्रवेश गरेकी थिइन् । देव गत महिना एमालेमा प्रवेश गरेका हुन् । त्यस्तै कर्मचार्य नेकपा एकीकृत समाजवादीबाट एमालेमा फर्किएका नेता हुन् । उप्रेती निवर्तमान रक्षामन्त्री हुन् ।