कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । यस्तै ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएको बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*