सौन्दर्यकर्मी युनियनमा सिटौला

मकवानपुर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगर कमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएका छन् ।

हेटौंडामा शनिबार भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिव लक्ष्मी उप्रेती मैनाली, सहसचिव सुभद्रा खड्गे, कोषाध्यक्ष सुनिता मानन्धर चयन भएका छन् ।

सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना जोशीको प्रमुख आतिथ्यतामा भएको भेलाले कार्यसमिति चयन गरेको हो । संघले सौन्दर्यकर्मीहरुको क्षमता विकासका लागि नयाँ तालिमहरु सञ्चालन गर्ने नवनिर्वाचित अध्यक्ष सिटौलाले बताइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*