देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो

काठमाण्डौ – साउन महिनाको तेस्रो सोमवार आज बिहानैदेखि काठमाण्डौको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा दर्शनार्थीको घुइँचो छ । साउन महिना भगवान् शिवको महिना र सोमवार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ ।

पशुपतिनाथमा आज बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयबागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महिनाका हरेक सोमवार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकांक्ष पूरा हुने धार्मिक विश्वास छ । आज भक्तपुरको दत्तात्राय र डोलेश्वर, ललितपुरको कुम्भेश्वर र सन्तानेश्नर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका मन्दिरमा हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो छ ।

पशुपतिमा बोलबम यात्रीहरु पनि उल्लेख्य सहभागी भएका छन् । बोलबम यात्रीहरुले काठमाण्डौको सुन्दरीजलबाट पैदल हिँंडेर शुद्ध जल लगेर पशुपतिमा चढाउने गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*