सभामुखले सांसद ढकाललाई बोल्दा बोल्दै रोकेपछि संसद्‍मा तनाव

काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेको निर्णयलाई लिएर प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आकस्मिक समयमा बोल्ने क्रममा सभामुख घिमिरेले रोकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पनि विरोधमा उत्रिएका हुन् ।

सांसद ढकालले बोल्दा बोल्दै सभामुखले रोकेको भन्दै रास्वपा र राप्रपाका सांसदहरू ड्यासबाट उभिएर विरोध जनाएका हुन् ।

रास्वपा सांसद ढकालले देशको हवाई र सडक यातायातबारे बोलिरहेका बेला सभामुख घिमिरेले रोकेका थिए । बैठकको आकस्मिक समयमा सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाबारे बोल्न समय मागेर विद्युत महसुलको विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए ।

ढकालले यातायातबारे बोलिसकेपछि विषयलाई विद्युत् प्राधिकरणको बक्यौतातिर लगेका थिए । त्यही बेला सभामुख घिमिरले विषय अर्थात् यातायातबारे मात्रै केन्द्रित भएर बोल्न समय दिएको भन्दै माइक काटिदिएका थिए ।

माइक काटिदिएपछि रास्वपा र राप्रपाका सांसदहरूले आफ्नो अधिकारमा अंकुश लगाउन खोजेको भन्दै विरोध गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*