यु–१९ क्रिकेट विश्वकप छनोट नेपालले आयोजना गर्ने

काठमाडौं । नेपालले यू–१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ ।

अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन् ।

यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु–१९ विश्वकप क्रिकेटका लागि छानिने छ ।

छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन् ।

यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*