नेप्से सामान्य बढ्यो, कारोबार रकम घट्यो

काठमाण्डौ – शेयर बजार आज समान्य बढेको छ । दिनभरको उतारचढावबीच शेयर बजार परिसूचक नेप्से दुई दशमलव ११ अङ्कले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ विन्दुमा पुगेको छ । आज बजार खुलेको ४ मिनेटमै नेप्से तीन हजार दुई विन्दुमा पुगे पनि बन्द हुने बेलामा टिक्न सकेन ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दोल्ती पावर कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन कर्णाली विकास बैंक समूहको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम भने घटेको छ । गएको आइतवार झन्डै २९ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा आज तीन सय ३७ वटा कम्पनीका चार करोड १४ लाख कित्ता शेयर १८ अर्ब ९० करोड रुपैयाँको शेयर किनबेच भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*