मंकीपक्सका कारण कंगोमा ६१० जनाको मृत्यु

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंकीपक्स प्रकोपबाट १७ हजार ८०१ भन्दा बढी संक्रमित भएका छन् ।

संक्रमणबाट हालसम्म ६१० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्री रोजर कम्बाले बताउनुभयो । मन्त्रीले सुरक्षात्मक उपायहरूको पालना गर्न आग्रह गर्नुभयो ।

संदिग्ध घटनाहरू द्वन्द्व प्रभावित प्रान्तहरूमा धेरै रहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा समन्वयात्मक प्रयासहरूमार्फत एमपक्सको मानवबाट मानव पसारण अन्त्य गर्न विश्वव्यापी रणनीतिक तयारी र प्रतिक्रिया योजनाको शुरुवात गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*