झाडापखालाबाट बाँकेको नरैनापुरमा चार जनाको मृत्यु

काठमाडौं । बाँकेको नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु भएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट चार जनाको मृत्यु भएको हो । सातजना बिरामी परेका छन् ।

झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले जानकारी दिनुभयो ।

भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । अहिले स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेको छ ।

झाडापखाला नियन्त्रण गर्न नरैनापुर गाउँपालिकाले स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय गरिरहेको जनाइएको छ । गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*