मुना पाण्डे हत्या प्रकरणः अमेरिकाले आमालाई दियो भिसा

काठमाडौं । अमेरिकाको ह्युस्टन राज्यमा गोली हानी हत्या गरिएकी २१ वर्षीया विद्यार्थी मुना पाण्डेकी आमा अनिता पाण्डे अमेरिका जाने भएकी छिन् ।

छोरीको गोली हानी हत्या भएपछिक विक्षिप्त बनेकी आमा अनिताले भिसाको आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट अनितालाई भिसा प्राप्त भएको छ ।

मुना पाण्डेकी मामा छोरा सुरेश अधिकारीले भिसा प्राप्त भएको बताउँदै भोलि बिहीबार अनिता अमेरिका जाने तयारीमा रहेको बताए । ‘छोरीको शव हेर्न भए पनि फुपु दिदीले अमेरिका जाने बताउनु भएको थियो । त्यसका लागि भिसा अप्लाई गरेकोमा अहिले भिसा आइसकेको छ । भोलिका लागि टिकट समेत काटिसकेका छौं’ अधिकारीले अनलाइनखबरसँग भने ।

पाण्डेलाई ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली प्रहार गरी हत्या गरिएको थियो । उनको छातीमा गोली प्रहार गरी हत्या गरिएको थियो । मुना एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

११ भदौमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको प्रहरीले मृत अवस्थामा भेट्टाएको थियो । हत्याको दुई दिन अघिदेखि उनको फोन अफ रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*