अवरुद्ध कान्तिलोकपथ खुल्यो
काठमाण्डौ – वर्षासँगै पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा – काठमाण्डौ जोड्ने कान्तिलोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको बकैया गाउँपालिका–११ लाम्राङमा पहिरो खस्दा यो सडकमा आवतजावत रोकिएको थियो ।
पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
हेटौँडाबाट सङ्घीय राजधानी काठमाण्डौ जोड्ने त्रिभुवन राजपथ, भीमफेदी–कुलेखानी–फाखेल, सिस्नेरी सडकखण्ड, पूर्वपश्चिम राजमार्ग सबैतिरको बाटोमा यातायात सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।