निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म अनुसन्धान हुने गृहमन्त्रीको भनाई

काठमाडौं । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् ।

बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ’, गृहमन्त्री लेखकले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्त ०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला ११ साउनको बिहान मृत अवस्थामा भेटिएकी थिइन् ।

लामो समय बितिसक्दासमेत दोषी पत्ता लाग्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*