बागमती प्रदेशका प्रमुख सचिब कार्कीको सरुवा

हेटौंडा । बागमती प्रदेशका प्रमुख सचिब गोविन्द बहादुर कार्कीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिवका रुपमा सरुवा भएको छ ।

केही अगाडी मात्र सचिबमा बढुवा भएका कार्कीलाई बाणिज्य सचिवका रुपमा सरुवा गरिएको हो । कायम मुकायम भएर बागमती प्रदेशका सचिबका रुपमा काम गरेका कार्कीको बढुवा भएसंगै सुरुवा पनि भएको हो ।

रकारले २ जना सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको छ ।

गत बिहीबारको मन्त्रिपरिषद बैठकले तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडी गृह सचिवमा सरुवा गरेको थियो । तथ्यांक कार्यालयको रिक्त सचिव पदमा वाणिज्य सचिव रहेका मरासिनीको सरुवा भएको एक मन्त्रीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*