दुईतर्फी नै सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक खण्ड

चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको नौकिलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ ।

गएरातिदेखि इच्छाकामना गाउँपालिका–६ नौकिलोमा सडक चिरा परी छेउमा लगाएको जालीको भाग भासिएपछि सडक अवरुद्ध भएको थियो । सडकको झन्डै पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो ।

रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान साढे १० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*