कृतिम खुट्टा र ह्विल चेयर वितरण

हेटौंडा । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा अपाङता भएका व्यक्तिहरुलाई कृतिम खुट्टा र ह्विल चेयर वितरण गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, सामाजिक बिकास मन्त्रालय, मारवाडी सेवा समिति नेपाल र श्री पशुपती गौशाला धर्मशाला द्वारा संयुक्त रुपमा काठमाडौमा आयोजित कार्यक्रममा स्वास्थम मन्त्री किरण थापाले निस्शुल्क कृतिम खुट्टा र ह्विल चेयर वितरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले मानविय सेवामा बागमती प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । खुट्टा नभएकै कारण धेरै नै कष्ट खेप्नुपरेको महसुस गर्दै सहकार्य गरी यस्ता सामग्री बितरण गरिएको मन्त्री थापाले बताउनुभयो । सहयोग सानै भएपनि कहिलेकाही त्यसले ठुलो सहयोग हुने समेत मन्त्री थापाको भनाई थियो । ूकृतिम खुट्टा वितरण पछि उहाँहरुको जीवन सहज हुने विश्वासका साथ यो कार्यक्रम अगाडि बढाइएको होू, मन्त्री थापाले भन्नुभयो ।

संविधान दिवसको दिन खुट्टा एवम् व्हिल चेयर बितरण गर्न पाउदा आफुलाई अत्यन्तै खुशी लागेको मन्त्री थापाले बताउनुभयो । यी संस्थाहरु सङ्ग निशुल्क शवबाहन संचालन, विभिन्न अस्पतालमा प्रति छाक ४० रुपैयाँँमा खाना खुवाउने कार्यको पनि सम्झौता हुने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । यस्तै शुद्ध पिउने पानीको लागि अस्पतालमा ४ लाख बराबरको वाटर प्युरिफायर पनि राख्ने तयारी भएको मन्त्री थापाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*