विपक्षी दलको बैठकः साना दल फुटाउन खोजे गम्भीर प्रतिकार गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले साना दल फुटाउन खोजेको भन्दै विपक्षी दलले त्यसको प्रतिकार गर्ने जनाएको छ ।

ओलीले साना दललाई फुटाएर आफू शक्तिशाली बन्न अध्यादेश ल्याउन लागेको हल्ला सुनेपछि विपक्षीले यसको सामूहिक प्रतिकार गर्ने निर्णय गरेका हुन ।

बैठकमा उपस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विपक्षी दलहरूले साना दलहरू फुटाउन सरकारले अध्यादेश ल्याउन सक्ने आशंका गरेको बताए । तर, यो अवस्था आएमा सबै विपक्षी दल एक ठाउँमा उभिने निर्णय भएको अध्यक्ष लिङ्देनले खबरहबलाई सुनाए ।

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले बिहीबार विपक्षी दलहरूको बैठक बोलाएका थिए । बैठकमा सरकारमै रहेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पनि साना दल फुटाउने हल्लाबारे बोलेका थिए । उनीहरूले पनि यसमा विपक्षी दललाई साथ दिने बताए ।

यता प्रधानमन्त्री ओलीले दल फुटाउने व्यवस्थासहितको अध्यादेश ल्याउने हल्ला सुनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ओलीलाई साना दल फुटाउन लागेको कदमबारे आफूले साथ नदिने बताइसकेको बैठकमा चर्चा भएको थियो ।

‘देउवाले पनि साथ नदिने भन्नु भएको छ । यो त मनपरी भयो नि ।’ माओवादीका अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘हामी सबै यसबारे चनाखो हुनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*