इजरायली हवाई आक्रमणमा परी ३३ जनाको ज्यान गयो

काठमाडौं– उत्तरी गाजाको शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा परी २१ महिला सहित ३३ जनाको ज्यान गएको छ ।

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसको जानकारी गराए पनि जबालियाको सो घटनाका बारे इजरायल मौन नै छ । नेता याया सिनावरको मृत्यु पछि युद्ध विरामको झिनो आशा पलाए पनि समूहका उप नेताहरूले हमास अझ बलियो भएर प्रस्तुत हुने बताउन थालेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले हिलबुल्लाहले लडी रहेको लेबनानमा शान्तिको सम्भावना रहेको बताए पनि गाजामा हमाससँगको युद्ध विरामको सम्भावना कमै देखिएको छ । जर्मनीको राजधानी बर्तिनमा बेलायत, फ्रान्स र जर्मनीका नेताहरूसँगको भेट सकिए फर्कने क्रममा उनले सो कुरा बताएका हुन् ।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारको सो घटनामा ३ घरमा बसेका ८५ जना गम्भीर घाइते भएका छन् । यस कारण मर्नेको सङ्ख्या ५० सम्म पुग्न सक्ने अनुमान गरिएको छ । हमासको दाबीलाई पुष्टि गर्ने तटस्थ आधार छैन । मूल सहरबाट टाढा छुट्टिएर बसेको उत्तरी गाजामा टेलिकम्युनिकेसन र इन्टरनेट सेवा अवरुद्ध छ । त्यहाँ मृतहरूको शव व्यवस्थापन गर्न एम्बुलेन्स सेवा तैनाथ गरिएको अस्पताल भरिभराउ भएका कारण भुईँमा राखेर उपचार गराइएको समेत जनाइएको छ । सो घटना भन्दा अघि नै ३९ मारिएको अर्को एक समाचारमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*