मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाले आलु र प्याज खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । तरकारी उत्पादनको लागि अब्बल क्षेत्र मानिने मनहरीले आलु र प्याजको व्यावसायिक खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।

पालिकाले तीन कट्ठाभन्दा धेरै क्षेत्रफलमा प्याज खेती गर्ने किसानलाई प्रतिकठ्ठा दुई हजार पाँचसय र आलु खेती गर्ने किसानलाई प्रतिकठ्ठा एक हजार पाँचसय रुपैयाँ अनुदान दिने भएको छ । पालिकाका अनुसार आलुको लागि न्यूनतम ५ कट्ठा र प्याजको लागि न्यूनतम ३ कट्टा खेती गरिएको जग्गा हुनुपर्ने उल्लेख छ ।

मनहरी गाउँपालिका कृषि विकास उपशाखाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत आलु र प्याजमा मूल्य अनुदानका लागि दश लाख रुपियाँ विनियोजन गरिएको मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । उत्पादन पश्चात् क्षति न्यूनीकरणको लागि कोल्ड स्टोरेजको भाडा शुल्कमा किसानलाई शतप्रतिशत अनुदान दिइने उहाँको भनाई छ । यसका लागि पालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*