लामिछानेलाई कास्की अदालत लगियो

पोखरा– सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीलाई पुनः म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगिएको छ ।

लामिछानेलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको गाडीमा राखेर जिल्ला अदालत लगिएको हो ।

कास्की प्रहरीले अनुसन्धानका लागि आज तेस्रो पटक म्याद थपको अनुमति माग्दै छ । अदालतबाट दोस्रो पटक पाएको म्याद कात्तिक १४ गते नै सकिएको थियो । यसबीचमा तिहार बिदा परेका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।

लामिछाने सहकारीको रकम अपचलन र सङ्गठित अपराधमा गत कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा एक साथ अनुसन्धान गरिरहेको छ।

यसैबीच, रास्वपाले आज सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ । रास्वपा नेता दीपक बोहराका अनुसार अहिले पोखराको जिरो किलोस्थित घन्टी घरमा रविका समर्थकले वृहत खबरदारी सभा गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*