रूपन्देहीमा आज पनि रविको बयान लिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रूपन्देहीमा आज पनि बयान हुने भएको छ ।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा अनुसन्धानका लागि रूपन्देहीको भैरहवा पु¥याइएका लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि बयान हुने भएको हो ।

मंगलबारबाट शुरु भएको बयानमा क्रममा लामिछानेले बुटबल सुप्रिम सहकारीको रकम हिनामिनाबारे अनभिज्ञ रहेको भन्दै आफनो संलग्नता अस्वीकार गर्नुभएको छ । रविविरुद्ध रुपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । हिजो प्रारम्भिक सोधपुछ मात्र गरिएको न्यायाधिवक्ता प्रेमराज पौडेलले बताउनुभयो ।

लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल सहित केही अनुसन्धान अधिकृत रहेका थिए । उनीहरूले सुप्रिम सहकारीको रकम हिनामिनाबारे लामिछानेसँग सोधपुछ गरेका थिए ।

भैरहवामा बयान लिएपछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि रविसँग काठमाडौंमा बयान लिने तयारी गरिएको छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध संगठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*