नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज सुपर चारमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार आज बिहान पौने १२ बजे शुरु हुनेछ ।

मलेसियामा जारी पहिलो खेलमा पाकिस्तानमाथि ६ विकेटको जित निकालेको नेपालले भारतसँग अंक बाँडेको थियो । समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बुधबार श्रीलंकासँग अंक बाँडेपछि चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

समूह ‘बी’ को विजेता बन्दै सुपर चार पुगेको भारतको पाँच अंक छ । बंगलादेश र नेपालको समान चार अंक भए पनि रनरेटका आधारमा बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । श्रीलंका भने सुपर चारको तालिकामा तीन अंकका साथ अन्तिम स्थानमा छ ।

आजको खेलमा बंगलादेशलाई नेपालले हराए फाइनलमा पुग्नेछ । फाइनल भिडन्त आइतबार बिहान हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*