हेटौँडामा सडक खाना महोत्सव हुँदै

हेटौँडा । हेटौँडामा सडक खाना महोत्सव हुने भएको छ। मकवानपुर होटेल एसोसिएसनले अंग्रेजी नयाँ वर्ष २०२५ लाई लक्षित गर्दै पुस १३ देखि १६ सम्म महोत्सव आयोजना गर्न लागेको हो।

एसोसिएसनका निवर्तमान अध्यक्ष एवं महोत्सव संयोजक शंकरलाल श्रेष्ठले हेटौँडा–४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा महोत्सव गरिने जानकारी दिए। महोत्सवलाई ‘सडकमा जाऊँ, सडकमा खाऊँ, सडकमै रमाऊँ’ भन्ने नारासहित आयोजना गरिने छ । महोत्सवमा करिब ५० स्टल रहने उनको भनाइ छ।

महोत्सवमा रैथाने बालीका परिकारका साथै स्थानीय जातजातिका खानालाई प्राथमिकता दिने संयोजक श्रेष्ठले बताए। महोत्सवमा स्थानीय कलाकारको प्रस्तुतिसमेत रहनेछ। महोत्सवको करिब ४० हजारले महोत्सव अवलोकन गर्ने उनको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*