उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्।

सुदूरपश्चिम र जनकपुरले शनिबार दिउँसो १२ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फाइनल भिडन्त गर्नेछन्।

पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायर खेलेको जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले हराउँदै पुनः सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको हो। दोस्रो क्वालिफायरमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८ दशमलव ५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो।
एनपीएलमा सुदूरपश्चिम र जनकपुरले दुई खेल खेलेका छन्। यी दुई खेलमा जनकपुरमाथि सुदूरपश्चिम हाबी देखिन्छ। दुई खेल हेरेका धेरै दर्शक र क्रिकेट पण्डितले उपाधि सुदूरपश्चिमको पोल्टामा जाने अनुमान गरेका छन्।

पटकपटकको हारको बदला लिनका लागि जनकपुर असक्षम देखिँदैन। सुदूरपश्चिमसँग भएका दुई भेटमा पराजयको सामना गरे पनि जनकपुरले अन्य टिमसँग प्रतिस्पर्धात्मक र शानदार खेल प्रदर्शन गरेको छ। दोस्रो क्वालिफायरबाट फाइनल पुगेको जनकपुरलाई कमजोर आक्न मिल्दैन।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध ८ विकेटको फराकिलो जित निकालेको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*