प्याब्सन मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी

मकवानपुर/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी चयन भएका छन् ।

शुक्रबार हेटौंडामा सम्पन्न प्याब्सन मकवानपुरको २० औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले सुवेदीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

सुवेदी हेटौँडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कुलका प्रिन्सिपल हुन् । प्याब्सन मकवानपुरको वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की तथा उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ चयन भएका छन् ।

यस्तै सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा र सहकोषाध्यक्षमा भरत सापकोटा एवम् सदस्यहरूमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य रहेका छन् ।

प्याब्सन मकवानपुरले सो अवसरमा विभिन्न सञ्चारकर्मीहरूलाई सम्मानित गरेको छ । समृद्ध समाज दैनिकमा कार्यरत जमुना थिङ, कान्तिपुर दैनिकका सुवास बिडारी र कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारीलाई जनही ५ हजार रुपैयाँसहित सम्मानत गरिएको हो । यसैगरी प्याब्सन मकवानपुरका संस्थापक अध्यक्ष ऋषिराम आचार्य तथा पूर्वअध्यक्षहरु आशिष श्रेष्ठ, मदन दहाल र अनिल पाण्डेलाई पनि सम्मान गरिएको छ ।

शिक्षकहरु अरविन्द कुमार झा, उमा मगर र सञ्जिव ठाकुरलाई पनि प्याब्सनले सम्मान गरेको छ । प्याब्सन केन्द्रीय अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा प्याब्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*