हेटौँडा–१२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा पर्यो

हेटौँडा । दुईवटा राष्ट्रिय निकुञ्जसँग जोडिएको हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ र १३ को सिमाना क्षेत्रमा बाघ देखा परेको छ । शनिबार राति स्थानीयहरुले गाउँ वरपरको क्षेत्रमा बाघ देखा परेको बताएका छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका हेटौँडा १२ का स्थानीय कुमार पोखरेलले हेटौंडा १२ र १३को सिमाना बिचरोडमा बाघ देखिएको र सो बाघ १२ नम्बरको रमनटारमा पनि देखिएको सामजिक संजाल मार्फत जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तादेखि दक्षिण–पश्चिम मकवानपुरका मानिसहरु बाघको आतंकबाट त्रसित भएका छन् । स्थानीयहरुले बाघ देखिएको खबर गरेपछि बाघ नियन्त्रणको लागि निकुञ्जसंग समन्वय गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खबरब्रेकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*