लेखा समिति सभापतिकी श्रीमती १० लाख धरौटी बुझाएर रिहा

काठमाडौँ । सहकारी ठगीको आरोप लागेकी लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा धरौटी बुझाएर रिहा भएकी छिन् । बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कोइरालासँग १० लाख रुपैयाँ धरौटी माग गरिएको छ । मोरङको धनपालथान–३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइराला बुधबार आफैं जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*