लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राज्यले उद्योगी व्यवसायीलाई आवश्यकता अनुसारका सुविधा दिनुका साथै लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्ने बताए । बुधबार हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उद्योग क्षेत्र रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रको रुपमा रहेकाले लगानीकर्तालाई आवश्यकता अनुसारको सुविधा दिनसक्नुपर्ने बताए ।

नेपालीले उत्पादनका काम छाड्दा आर्थिक रूपमा समस्या भएको भएको उनको भनाई छ । उद्योग क्षेत्रले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

राज्यले उद्योगीलाई आवश्यक सुविधासहित उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाई छ । उनका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था गम्भीर रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि आम व्यक्तिहरूको सबै विषय अध्यवधिक गर्न जरुरी रहेको उनले कताए । लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले लगानी बोर्ड गठन गर्ने तयारी गरेको उनले बताए ।

सभामा एमाले प्रमुख सचेतक एंव प्रतिनिधि सभा सदस्य महेशकुमार बर्तौलाले हेटौंडा औद्योगिक क्षेत्र रहेकाले यसलाई थप व्यवस्थित गरि लैजानुपर्ने बताए । कतिपय उद्योग बन्द भएको अवस्थामा र सरकारी स्वामीत्व रहेको हेटौंडा सिमेन्टलाई थप व्यवस्थित गरि लान नकसेका राज्यलाई घाटा हुने बताए । मध्यवर्ती क्षेत्रभित्र पर्न गएकाले वनपैदावरको ज्याजतीका कारण उद्योगहरु सञ्चालन गर्ननसकेको बताए ।

त्यस्तै, संघीय सभाका भौतिक पूर्वाधार विकास समितिका सभापति एंव प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले आफ्नो बुबाको पालादेखी हेटौंडामा व्यवसाय गर्नुका साथै उद्योगहरु सञ्चालन गर्दै आइरहेको बताए । पछिल्लो समय हेटौंडामा धेरै उद्योगहरु बन्द भए तर राज्यको ध्यान त्यसतर्फ नजानुका साथै उद्योग व्यवसायी मैत्री कानून, ऐन नहुँनाले यस्तो सिर्जना भएको बताए ।

कार्यक्रममा कान्तिपुर दैनिकका मकवानपुर संबाददाता प्रताप विष्ट र रेडियो मकवानपुर र नागरिक दैनिकका पत्रकार गणेश दर्पण अधिकारीलाई नगद रकम सहित सम्मान गरिएको थियो ।

संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको सभाध्यक्षतामा भएको सभामा पूर्वमन्त्री एंव संघीय सांसद राजन केसी, बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ, संघीय सदस्य विन्दवासिनी कंसाकार, प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, लक्ष्मी श्रेष्ठ, भारती पाठक, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*