कानुन निर्माण गरेर गाँजा खेतीलाई वैद्य गर्नुपर्ने मुख्यमन्त्री लामाको भनाई

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गाँजा खेतीलाई वैध गर्नुपर्ने माग गरेका छन् । सरकारले कानुन निर्माण गरेर गाँजा खेती गर्ने वातावरण तयार गर्नुपर्ने उनले बताएका हुन् ।

राक्सिराङ गाउँपालिकाको हिउँदे अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको टिप्पणी गरे । मुख्यमन्त्री लामाले नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरीय सेवा सहज रूपमा प्रदान गर्नु वर्तमान सरकारको दायित्व रहेको बताए ।

आन्तरिक समस्या र कानुनी अड्चन सुल्झाएर नागरिकको आवश्यकता अनुसारको विकासका काम गर्नुपर्ने उनको भनाई छ । सरकारले रणनीतिक आयोजनाहरू निर्माण गरेर काम गर्न जरुरी रहेको औँल्याए ।

‘विकट क्षेत्रका नागरिकलाई विकासमा जोड्ने गरि प्रदेश सरकारले योजना तयार गर्नेछ । सीमान्तकृत वर्गको नागरिकको जीवनस्तर सुधारका लागि सरकारले रणनीतिक योजना कार्यान्वयन गर्नेछ ।’ उनले भने, ‘चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरि कार्यक्रम कार्यान्वयनको चरणमा सरकार रहेको छ । परम्परा र संस्कृति संरक्षणमा प्रदेशले काम गर्ने गरी अघि बढेको छ ।’

आर्थिक उपार्जनमा नागरिकलाई जोड्न विशेष पकेट क्षेत्र मार्फत काम गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । योजनासँग नागरिकको भोट साट्ने काम बन्द गर्नुपर्ने उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*