फोनिज मकवानपुर अध्यक्षमा नवराज वाईबा
हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा नवराज वाईवा सर्वसम्मत चयन भएका छन् । अधिवेशनले वाईवाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा जमुना थिङ, सम्झना थापामगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चौधरी, रवीन्द्र वाईबा, विवेक सिन्तान सर्वसम्मत चयन भएका छन् ।
फोनिज केन्द्रीय पार्षदमा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता दङ्गोल, सुवर्णलाल श्रेष्ठ, उमेश राई सर्वसम्मत चयन भएका छन् । प्रदेश पार्षद अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल, प्रमोद कुमार राई सर्वसम्मत चयन भएका छन् ।
छैठौं अधिवेशनको अवसरमा अग्रज पत्रकार मोहन संगामीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ भने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलाई बधाई पत्र प्रदान गरिएको छ । फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना गरिएको थियो ।