मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट विजयी
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोद सिंह रानाभाट विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी अनिल अग्रवाललाई पराजित गर्दै रानाभाट अध्यक्ष निर्वाचित भएका हुन्।
रानाभाटले १०१४ मत पाए भने अग्रवालले ७६५ मत पाए । वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारीले ५९९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी राम प्रसाद न्यौपानेले ४८४ मत पाए।
उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेतीले २७२ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रवीन्द्र घिमिरेले २४० मत पाए ।
एशोसियटतर्फ उपाध्यक्षमा ४७ मतसहित उज्वल चौलागाई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी विष्णु खनालले ३३ मत पाए ।
वस्तुगत तर्फको उपाध्यक्षमा भने काव्यमणि अधिकारीले १५ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रदीप अर्यालले ११ मत पाए ।
महासचिवमा प्रतिमा श्रेष्ठले १०१२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी बिकेशलाल श्रेष्ठले ७१३ मत पाए ।
कोषाध्यक्षमा तेजराज अधिकारी ९१७ र सहकोषाध्यक्षमा नीलम बैध ९१६ निर्वाचित भएका छन् ।
वाणिज्यतर्फको सचिवमा कुल प्रसाद चौलागाई ६८४ मतसहित निर्वाचित भएका छन् भने सदस्यमा बालकृष्ण बजगाई, सन्तोष घिमिरे, विष्णु प्रसाद दाहाल र राजेन्द्र लामिछाने निर्वाचित भएका छन् । वाणिज्यतर्फ मनहरि क्षेत्रबाट शंकर प्रसाद कालाखेती तथा महिला आरक्षणमा निलम बजगाई र निलम पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् ।
उद्योगतर्फको सचिवमा रुपकराज दाहाल निर्विरोध निर्वाचित भएका छन् भने सदस्यमा कृष्णगोपाल महर्जन, जगदीश दाहाल, भुपेन्द्र अधिकारी र महिला आरक्षणमा सितादेवी भेटवाल निर्वाचित भएकी छन् ।
एसोसिएटतर्फको सचिवमा माधव ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् भने सदस्यमा नवराज खड्का र अंकिता सुमार्गी निर्वाचित भएकी छन्। एसोसिएटतर्फ बहुराष्ट्रिय कम्पनीको तर्फबाट बिक्रम संजेल र हेटौडा औद्योगिक क्षेत्रबाट सुकृतराज पराजुली सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन्।
वस्तुगततर्फको सचिवमा उम्मेदवारद्वय नेत्र प्रसाद खतिवडा र राजाराम कार्कीको १३ र १३ मत आएर बराबर भएको छ भने सदस्यमा शम्भु पुडासैनी निर्वाचित भएका छन्।