मकवानपुरबाट चरेश र अफिम सहित दुई जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले लागू औषध चरेश र अफिम सहित दुईजना भारतीत नागरिकलाई हेटौंडाबाट पक्राउ गरेको छ ।
प्रहरीले उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ बाट चरेश र अफिम सहित उनिहरुलाई पक्राउ गरेको हो ।
थाहा- ११ को टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौडा हुदै भारत तर्फ लागु औषध ओसार पोसार भईरहेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले अबैध लागु औषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्राम सहित २ जना भारतिय नागरिक पक्राउ गरेको हो ।
प्रहरीले भारतीय डिएल ८ सिएक्स १२२४ नम्बरको कारलाई जाँच गर्दा उक्त परिमाणको लागू औषध फेला पारेको जनाएको छ । प्रहरीले भारत, राज्य हरियाणा, जिल्ला हिसार, ग्राम पंचायत गोबिन्द नगर थाना सदर घर हुने वर्ष २५ को कुनाल गोथ्वाल र सोही स्थानका न्यु सुवास नगर थाना सदर घर हुने वर्ष २० को मनिस कुमारलाई पक्राउ गरेको जनाएको छ ।