हेटौंडामा वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु

हेटौंडा । हेटौंडामा तेश्रो संस्करणको स्व.मोहन श्रेष्ठ स्मृती वडा स्तरिय भेट्रान्स फुटबल प्रतियोगिताको सुरु भएको छ । आज भएको उद्घाटन खेलमा वडा नं. ४ ले वडा नं. २ लाई १–० गोल अन्तरले पराजित गरेको छ । विजेता टोलिका लागि जर्सी नं.२ का प्रकाश महर्जनले खेलको दोश्रो हाफमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच हेटौंडा–४ का जर्सी नं २ का खेलाडी प्रकाश महर्जन घोषित भएका छन ।

प्रतियोगितामा भोलि तीन वटा खेल हुनेछन । भोलिको पहिलो खेलमा आयोजक हेटौंडा ९ र वडा नं.१६ बिच बिहान सात बजे , दोश्रो खेल दिउँसो १ बजे वडा नं .६ र वडा नं.१४ त्यस्तै तेश्रो  खेल वडा नं १२ र वडा नं १५ बिच खेल हुने आयोजकले जानकारी दिए ।

लामसुरे खेलकुद बिकास समितीको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ को मुख्य प्रायोजनमा आजबाट सुरु भएको प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार १ सय ११, उपबिजेताले नगद ६५ हजार ५ सय ५५ तथा तेश्रो र चौथो हुने टिमले क्रमस १०/१० हजार र प्रतियोगिताको बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार दिने आयोजकले जनाएको छ ।

लामसुरे खेलकुद बिकास समितीका संयोजक एंव वडा सदस्य बिष्णु राना मगरको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटनसत्र संचालन गरिएको थियो । कार्यक्रममा हेटौंडाका वडा अध्यक्षहरु साथै विभिन्न संघसंस्थाको प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*