फागुन–१ बाट सुरु हुँदै बागमती गोल्डकप

हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता बागमती–४ झुरझुरेस्थित पालिकाको लगानीमा निर्मित सहिद स्मृति रंगशालामा हुने आयोजकले जनाएको छ । यसअघिका संस्करण जनता मावि फापरबारीको खेल मैदानमा हुँदै आएको थियो ।

प्रतियोगितामा प्रथम टिमले नगद १० लाख र दोस्रो हुने टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहर सिंह थिङले बताए ।

प्रतियोगितामा ए डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने बताइएको छ । फागुन १ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*