हेटौंडा–सिन्धुली सडकखण्डको निर्माणाधीन पुल भाँचियो

हेटौंडा २५, बैशाख । सिन्धुलीको मरिण गाउँपालिका–२ स्थित निर्माणाधीन गर्दुवा खोलाको पुल भाँचिएको छ । मदन भण्डारी लोकमार्गमा अन्र्तगत हेटौडा – सिन्धुली चतरा खण्डको पश्चिम खण्डमा निर्माणाधीन गर्दुवा खोलाको पक्का पुल बनिनसक्दै भाँचिएको हो । निर्माणधीन ६० मिटर लामो पुलकोे झण्डै ७० प्रतिशत काम सम्पन्न भईसकेका बेला बाढीले क्षति पुर्याएपछि बीच भाग धसिएर कामै नलाग्ने गरी भाँचिएको छ । निर्माण कामको जिम्मा पाएको अनक कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको अवस्थामा पुल भाचिन पुगेको हो ।

उक्त आयोजनाका साइड इन्चार्ज तथा सुपरभाईजर बसन्त पोखरेलका अनुसार पुलको सल्याप ढलान गरेर वायर स्ट्रेचिङ गर्न एक दिनमात्र बाँकी हुँदा गर्दुवा खोलामा आएको बाढीले जगमा क्षति पुर्याएपछि पुल भाँसिएर बीच भागमा भाँचिएको हो । निर्माण नसकिँदै पुल भाँचिएर क्षति पुगेकोले पूरै भत्काएर पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको पोखरेलको गुनासो छ ।

यसलाई अव पुरै भत्काएर पुनः निर्माण गर्न शुरु गरेका छौ । पोखरेलले भने“ पुल भाँचिदा झण्डै ७ करोड रुपैयाँको क्षति भएको छ । गर्दुवा खोलामा आएको बाढीले पुलको टेका खोलेको रहेछ त्यसपछि काम भई रहेको थियो तर दैनिक जसो पर्ने पानीले थप क्षति पुर्याएपछि अहिले कामै नलाग्ने गरी पुल भाँचिएको छ ।” यो पुल करीव १० करोड रुपैयाँको लागतमा निर्माण थालिएको थियो । अनक कन्स्ट्रक्सनले मदन भण्डारी लोकमार्ग अन्तरगतमा पर्ने खोला तथा नदीहरुमा पुलको निर्माण कार्य गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*