१५ अर्ब रुपैयाँको रिपो बिक्री गर्दै राष्ट्र बैंक

बैशाख २५,काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत बुधबार १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको हो । सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो बिक्री गर्ने  गरिन्छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लगातार रुपमा ट्रेजरी बिल तथा रिपो बिक्री गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*