न्यायमा सबै नागरिकको पहुँच हुनुपर्छ–मुख्यमन्त्री पौडेल

न्याय दिने न्यायमुर्तिले निष्पक्ष रुपमा न्यायदिनुपर्छ

२६ बैशाख,हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्याय मूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताउनुभएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७६ का अवसरमा आज बिहान हेटौंडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै उहाँले न्यायाधिश कुनै बेलामा निर्मम बनेर भएपनि न्याय दिनूपर्र्ने बताउनुभयो । अन्यायमा परेकालाई न्यायदिनका लागि कुनै कसर बाँकी राख्न नहुने उहाँको भनाई छ । न्यायमा सबै नागरिकको पहुँच हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो–सबै क्षेत्रमा सबैको समान पहुँच हुनुपर्छ । न्याय दिने न्यायमुर्तिले निष्पक्ष रुपमा न्यायदिनुपर्छ ।

कुनैपनि मानिस अन्यायमा पर्न दिन नहुने मुख्यमन्त्री पौडेलले बताउनुभयो । न्यायलय कतिपय घटनामा बदनाम समेत भएको उहाँको भनाई छ । नेपालको हित गर्ने काम गर्दा सरकारलाई सहयोग गर्नुपर्ने उहाँको भनाई छ । सरकारले गर्ने गौरबका आयोजनामा बाधा अबरोध आएकाले त्यसो नगर्न आग्रह समेत गर्नुभयो । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले अन्यायमा परेकालाई न्याय दिनुको सट्टामा झनै अन्यायमा पार्ने गरिएको आरोप लगाउनु भएको छ । कार्यक्रमको सभाध्यक्षता समेत गर्नुभएका जमकट्टेलले न्यायलयप्रति जनताको बिश्वास नभएको बताउनुभयो । हामीले कानुन परिवर्तन गर्ने काम संगै न्यायदिनेहरु पनि परिबर्तित हुनुपर्ने बताउनुभयो । न्याय क्षेत्रले पीडित र अन्यायमा परेकालाई न्याय दिनुको सट्टा पहुँच भएकालाई मात्र न्याय दिने गरिएको आरोप लगाउनुभयो । पहुँचका आधारमा न्यायदिने काम अब रोकिनुपर्ने उहाँको भनाई छ । अब पहुच नभएकालाई अन्यायमा परेकालाई न्यायदिनुपर्ने बताउनुभयो । पहुँचका आधारमा न्यायदिने काम अब रोकिनुपर्ने उहाँको भनाई छ । अब पहुच नभएकालाई अन्यायमा परेकालाई न्यायदिनुपर्ने बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, उच्च अदालत पाटन हेटौंडा इजलाशका न्यायधिश पुस्पराज कोइराला, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपाने, लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*