पदमपोखरीमा पड्कियो साहारा ग्यास
२६ बैशाख,हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीमा आज बिहान सहारा ग्याँस सिलीण्डर बिष्फोट भएको छ । पदमपोखरीको सनराइज ईङलिस माध्यमिक बिद्यालयको क्यान्टीनमा साहारा ग्याँस एक्कासी पड्कदा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताउनुभयो । बिष्फोटमा परी क्यान्टिनका संचालक राजेन्द्र लामा घाईते भएका छन् । उनको पदमपोखरी स्वाथ्यचौकीमा उपचार भएको छ । हेटौंडामा साहारा ग्याँस केही स्थानमा पड्किएको छ । ग्याँस सिलीण्डर बिष्फोटबाट क्यान्टीनका सबैजसो सामान नष्ट भएको प्रहरीको भनाई छ ।