साझा यातायातमा प्रदेस सरकारले लगानी गर्ने
२६ बैशाख,हेटौंडा । प्रदेश नम्बर ३ सरकारको मन्त्रीपरिषद बैठकले तीन वटा निणय गरेको छ । बैठकले बार्षिक लेखा परिक्षण प्रतिबेदन प्रदेश सभामा पेस गर्ने सम्बन्धमा निणय गरिएको छ । त्यसैगरी साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानी गर्ने निणय गरिएको प्रदेश सरकारका प्रबक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताउनुभयो ।
त्यसैगरी सामाजिक बिकाश मन्त्रालय अन्तरगत जनस्वास्थ्य प्रयोगसाला, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य आपुर्ति ब्याबस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालय अन्तरगत रहने १३ वटा स्वाथ्य कार्यालयहरुको नेपाली तथा अग्रेजी नाम, साइनबोर्ड र छाप स्वीकृत गर्ने सम्बन्धमा निणय गरिएको प्रदेश ३ का प्रबक्ता ढुंगेलले बताउनुभयो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।