पाटन सँयुक्त क्याम्पसका अखिलको एक हप्ते अल्टिमेटम
२६ बैशाख २०७६, पाटन सँयुक्त क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्र्र्र्थी युनियन अनेरास्ववियु ले क्याम्पस प्रशासनलाई गम्भिर ध्यानकर्षण गराएको छ बैशाख २४ गते अध्यक्ष पवन शाही ठकुरीको अध्यक्षतामा बसेको अखिलको बैठकबाट १६ बुदाको ध्यानकर्षण गराएको छ । सामान्य भन्दा सामान्य विषय पनि क्याम्पस प्रशासनले पुरा गर्ने आलटाल गर्ने क्याम्पस प्रशासनलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्र्र्र्थी युनियन अनेरास्ववियु ले एक हप्तामा १६ बुदा माग जसरी पनि पुरा गर्ने अल्टिमेटम दिएको विद्यार्थी नेताहरु बताउछन । क्याम्पस प्रमुखले अखिल ले उठाएको मागको गम्भिर ध्यानार्षण भएको र माग पुरा गर्ने प्रतिबद्धता जनाएको छन । साथै नयाँ बनेको कमिटिको आधीकारीकता पत्र क्याम्पस प्रमुखलाई बुझाइएको थियो नयाँ कमिटिमा अध्यक्ष पवन शाही ठकुरी लगाएत क्रमश उपाध्यक्ष सुरज जि. सि., सचिव जगतमान लामा,कोषाध्यक्ष विनोद श्रेष्ठ, सहसचिव क्रमश सोम लामा,अभिनाश भण्डारी,शिवम पौडेल,रुपा कठायस र सरोज थापामगर लगाएत कमिटि बनेको थियो । के छ त ? १६ बँदामा पुर्ण पाठ सहितः
हाम्रो गौैैरवशाली विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्र्र्र्थी युनियन अनेरास्ववियु नेपाली विद्यार्थी मुल प्रवाह संगठन हो । यसले इतिहासको विभिन्न काल खण्डमा राजनिति अधिकार प्राप्ति, सामाजिक सरोकार तथा शैक्षिक परिवर्तनको लागी महत्वपुर्ण भुमिका खेलेको कुरा जगजाहेर नै छ । पाटन सँयुक्त क्याम्पसमा पनि अनेरास्ववियुले विद्यार्थी तथा क्याम्पसको हक,हितमा सदैव महत्वपुर्ण योगदान पुर्याउदै आएको सर्वविधितै छ ।
यसै सन्र्दभमा यहि मिति २०७६।०१।२४ गते बसेको अनेरास्ववियु क्याम्पस कमिटिको पधाधिकारी बैठकबाट निम्नानुसार मागप्रत्र क्याम्पस प्रशासनलाई बुझाउने निर्णय गरियो ।
१. तत्काल स्ववियु कार्यलयको संञ्चालनका निम्ती आवश्यक सम्पुर्ण सामाग्रीको व्यावस्थापन गरियोस,
२. क्याम्पस हाता भित्र चमेना गृह –क्यान्टिनकोे तत्काल व्यास्थापन गरियोस,
३. ई लाईबेरीको तत्काल व्यावस्थापन गरियोस,
४. छात्रावृत्रिको नयाँ फाराम अविलम्ब खुल्ला गरियोस ,
५. पुस्ताकालयमा पर्याप्त पुस्तकको व्यावस्था गरियोस,
६. शौचालयको पानी र ढोकाका तत्काल व्यावस्था गरियोस,
७. विज्ञान संकायमा आवश्यक पर्र्ने प्राविधीक सामाग्रीको पर्र्याप्त रुपमा व्यवस्थापन गरि सुरक्षित राखियोेस,
८. सि.एस.आई.टि मा हाई लेवलको इन्टरनेटको व्यावस्थापन तत्काल गरियोस,
९. सम्पुर्ण संकायको आन्तरिक परिक्षा गर्र्ने काम कारर्वाहि तत्काल अगाडि बढाइयोस,
१०. क्याम्पस भित्र हुने अनियमित कार्यको उच्च निगरानि गरि सो कार्यको तत्काल नियन्त्रण गरियोस,
११. शुद्ध खानेपानीको व्यास्थापन तत्काल गरियोस,
१२. विधार्थी क्ष्म् कार्डलाई डिजिटल प्रयोगमा तत्काल ल्याइयोस,
१३. क्याम्पस हाता भित्र पार्कीङको उचित व्यावस्थापन गरियोस,
१४. कम्तिमा पनि क्याम्पसमा हप्ताकोे एक पटक सरसफाई गरियोस,
१५. टुटफुट भएको डेक्स बेन्चका मर्मत तथा आवश्यक बेन्चको तत्काल व्यावस्था गरियोस,
१६. आम विद्यार्थीको समस्या समाधानको लागी क्याम्पसले सुचनापाटी ‐बडा पत्रको व्यवस्था तत्काल गरियोस ।
पवन शाही ठकुरी
अध्यक्ष